कम्प्युटर अपरेटर पदको स्थायी पदपूर्ति गर्न प्रदर्शन, मुख्यमन्त्रीलाई बुझाइयाे ज्ञापन पत्र – Nepal Press

कम्प्युटर अपरेटर पदको स्थायी पदपूर्ति गर्न प्रदर्शन, मुख्यमन्त्रीलाई बुझाइयाे ज्ञापन पत्र

जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगले स्थानीय र प्रदेशका लागि कम्प्युटर अपरेटर पदमा विज्ञापन गर्नुपर्ने भन्दै आज जनकपुरधाममा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

स्थानीय तहहरुले धमाधम कम्प्यूटर अपरेटर पदमा करार कर्मचारी भर्ना गरिरहँदा पनि प्रदेश लोकसेवा आयोगले चासो नदेखाएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । कम्प्यूटर अपरेटर पदमा स्थायी पदपूर्ति गर्नुपर्ने सो विषयको तयारी गरिरहेका विद्यार्थीहरुको माग छ ।

कम्प्युटर अपरेटरका लागि तयारी गरिरहेका ति विद्यार्थीहरुले आजै मुख्यमन्त्री सरोज कुमार यादवालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रदेश र स्थानीय तहमा रिक्त रहेको कम्प्युटर अपरेटर पदको संख्या माग गरी नियमित रुपमा विज्ञापन गर्न पहल गरिदिन मुख्यमन्त्री यादवसँग विद्यार्थीहरुले माग गरेका हुन् ।

कम्प्युटर अपरेटरको तयारी गरिरहेकी इन्छु सिंहले भनिन्, ‘करारमा कर्मचारी भर्ना गर्दा हामी विद्यार्थी समस्या छौं । प्रदेश लोकसेवा आयोग हुँदाहुँदै स्थानीय तहले मनपरी ढंगले पदपूर्ति गर्नु दुःखद् हो । यसतर्फ सरकारको ध्यानाकर्षणका लागि मुख्यमन्त्री ज्यूलाई ज्ञापनपत्र बुझाएका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर