नेप्सेमा झिनो अंकले वृद्धि, सर्वाधिक कुन कम्पनीले कमाए ? – Nepal Press

नेप्सेमा झिनो अंकले वृद्धि, सर्वाधिक कुन कम्पनीले कमाए ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

सोमबार नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ बिन्दुमा पुगेर बन्द भएको हो ।

बजारमा ३९ लाख २२ हजार २१६ कित्ता शेयरको किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा रहेका कम्पनीमा सबैभन्दा धेरै कमाउने क्रमशः आदर्श लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् ।

त्यसैगरी लक्ष्मी विकास डेभेन्चर २०८८, बाराही हाइड्रो पावर र मिथिल्ला लघुवित्त वित्तीय संस्था सबैभन्दा धेरै घाटामा गएका छन् ।

एनआईसी एसिया बैंक ६ करोड ४५ लाख ७३ हजार ६१ रुपैयाँ बराबरको कारोबार गरेर शीर्ष स्थानमा रहेको छ । युनिभर्सल पावर कम्पनी २ लाख ६ हजार १११ कित्ता शेयर किनबेच गरेर शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी उपसमूहतर्फ डेभलपमेन्ट बैंक, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड, ननलाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहबाहेकका बाँकी ७ उपसमूहको शेयर मूल्य बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर