प्रतीपक्षीले सरकारलाई समर्थन गर्ने कहीँ नभएको चलन कांग्रेसले ल्यायो : बिजुक्छें (भिडिओ) – Nepal Press

प्रतीपक्षीले सरकारलाई समर्थन गर्ने कहीँ नभएको चलन कांग्रेसले ल्यायो : बिजुक्छें (भिडिओ)

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबको १३ औं वार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बिजुक्छेंले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहीँ नभएको चलन कांग्रेसले ल्याएको र प्रतिपक्ष दलको भूमिका पनि निर्वाह गन नसकेको आरोप लगाएका हुन् ।

सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको भएपनि सत्ताको माहेले कांग्रेसले त्यो जिम्मेवारी छाडेको उनले बताए । उनले विचार नमिल्नेहरुको सरकार बनाएर दलहरुले गैरजिम्मेवारीपन देखाएको धारणा पनि राखे । बिजुक्छेँले संसदमा जनसरोकारका विषय र आफ्ना बिचारहरुका बारे बोल्न पाउनुपर्ने भन्दै राप्रपाले हिन्दु राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसदमा सभामुखले रोक्नु गलत भएको पनि बताए ।

त्यस्तै, एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमति अनुसार कार्यान्वयन गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको धारणा राखे । कार्यक्रममा पत्रकार रमेश गिरी, नारायणसुन्दर किलम्बु लगाएतलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर