लुम्बिनीमा मुरारी बापुको रामकथा प्रवचन रोक्न माग गर्दै प्रदर्शन – Nepal Press

लुम्बिनीमा मुरारी बापुको रामकथा प्रवचन रोक्न माग गर्दै प्रदर्शन

रूपन्देही । लुम्बिनीमा भारतीय सन्त मुरारी बापूले रामकथा वाचन गर्ने कार्यक्रम रोक्न माग गर्दै प्रदर्शन भएको छ । संयुक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले लुम्बिनीमा गैरबौद्ध क्रियाकलाप रोक्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

उनीहरूले गैरबौद्व धार्मिक क्रियाकलाप लुम्बिनी क्षेत्रमा नगर्न आग्रह गर्दै प्रदर्शन गरेका हुन् । २१ गतेबाट गर्ने भनिएको रामकथा वाचन ३ दिन पछाडि सारेर आयोजक रामकथा प्रेमयज्ञ समितिले मंगलबारदेखि रामकथा वाचन कार्यक्रम राखेको छ ।

तर संघर्ष समितिले लुम्बिनीको पर्सा चोकबाट धार्मिक र सांस्कृतिक हस्तक्षेप बन्द गर्न माग गर्दै लुम्बिनी विकास कोषमा पुगेर उपाध्यक्ष भिक्षु मैत्तयको राजीनामा माग गरेका छन् । रूपन्देही प्रहरी प्रहरीले प्रदर्शन भएपनि तनाव उत्पन्न नभएको जनाएको छ । तर केही स्थानीयले यसलाई बढी अतिरन्जित बनाएर लुम्बिनीमा तनाव भएको भन्दै प्रचार गरेकोमा लुम्बिनीका व्यवसायीले चिन्ता गरेका छन् ।

रूपन्देही प्रहरी प्रमुख रविन्द्र रेग्मीले व्यापक रूपमा प्रहरी परिचालन गरिएको कथावाचन भोलिदेखि हुने जनाएका छन् । लुम्बिनी विकास कोषले कार्यक्रम रोक्न माग गर्दै विकास कोषको कार्यालयसम्म पुगेको जानकारी दिए ।

तर लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायम गर्न सबैलाई अपील गरेको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा प्रवचन हुने कार्यक्रमका लागि हल प्रयोग गर्न अनुमति दिइएको विषयलाई लिएर सरोकारवाला संघसंस्थाले चासो, चिन्ता र प्रश्नहरू उठाएर विज्ञप्ति, ध्यानाकर्षण र विरोध जनाएपछि कोषले सद्भाव कायम राख्न अपील गरेको हो ।

यो कार्यक्रमका लागि लुम्बिनीका सबै होटलहरू बुक भइसकेको, सबै तयारी भइसकेकाले कतै विवाद भएर रोकिने र गलत सन्देश जानेमा स्थानीय व्यवसायी चिन्तामा छन् । कोरोना संक्रमणपछि थलिएको यहाँको पर्यटन व्यवसाय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि केही बढेको बताउँदै व्यवसायीहरूले सद्भावाद देखाउन सबै धर्म संस्कृतिका नागरिकलाई अनुरोध गरेका छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर