शेखर पक्षधर नेविसंघको भेलामा देउवा पक्षको हमला, दुजाङ शेर्पा आफैं पुगे मिनभवन क्याम्पसमा (तस्बिरहरू/भिडिओ) – Nepal Press

शेखर पक्षधर नेविसंघको भेलामा देउवा पक्षको हमला, दुजाङ शेर्पा आफैं पुगे मिनभवन क्याम्पसमा (तस्बिरहरू/भिडिओ)

दुजाङलाई नेविसंघ अध्यक्षबाट हटाउँन माग,ढुंगा हानाहान हुँदा नेपाल कमर्स क्याम्पस परिसर तनावग्रस्त

काठमाडौं । मिनभवनमा रहेको नेपाल कमर्श क्याम्पसमा नेपाली कांग्रेनिकट नेविसंघका दुई समूहबीच लफडा भएको छ । शेखर समूहका विद्यार्थीले गरेको कार्यक्रममा संस्थापन पक्षका विद्यार्थी आएर अवरोध गरेको बताइएको छ । सोक्रममा ढुंगामुढासमेत गरिएको छ ।

स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रिया राखेकोमा दुजाङ शेर्पा आफूसहित गुण्डागर्दी शैलीमा आएर कार्यक्रम भाँडेको शेखर समूहका एक विद्यार्थी नेताले बताए ।

‘केन्द्रीय अध्यक्ष गैरजिम्मेवार बनेर विद्यार्थीमाझ संगठनलाई लैजान वञ्चित गराइरहनुभएको छ । गैरविद्यार्थी ल्याएर गुण्डागर्दी शैलीमा आक्रमण गर्न लगाइएको छ । हामी मूलधारका विद्यार्थी नेता हौं । दुजाङ शेर्पाले नियोजित रूपमा आक्रमण गर्न लगाए । आजैबाट तपाईं पदबाट मुक्त हुनुपर्छ । तपाईँलाई पदमा बस्ने कुनै अधिकार छैन । नेविसंघलाई वैधानिकता दिनुपर्छ । पार्टीले पनि उहाँलाई हटाउनुपर्छ’, उनले भने ।

आफूहरू बिहानै ११ बजे भेला भएकोमा तपाईँहरू कलेजमा आउनुपर्दैन भन्दै नियोजित तरिकाले गुटगत स्वार्थको आधारमा पूर्वाग्रह र रिस साँधेर क्याम्पस छिर्न नदिएको शेखर समूहका विद्यार्थीको आरोप छ ।

अहिले क्याम्पस परिसरमा प्रहरी परिचालन गरिएको छ ।

तस्बिरहरू : उमेश कार्की ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर