नेपाली भाषीलाई आप्रवासी करार गरिएपछि सिक्किममा तनाव, बन्द-हड्ताल आह्वान (भिडिओ) – Nepal Press

नेपाली भाषीलाई आप्रवासी करार गरिएपछि सिक्किममा तनाव, बन्द-हड्ताल आह्वान (भिडिओ)

काठमाडौ । सिक्किमका नेपाली भाषी रैथानेलाई जनवरी १३ को भारतीय सर्वोच्च अदालतको फैसलाले ‘आप्रवासी’ र ‘विदेशी’ भनेपछि सिक्किममा बढेको तनाव बन्द-हड्तालसम्म पुगेको छ ।

गत शुक्रबारबाट प्रमुख प्रतिपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्टले शनिबार र आइतबार बन्द गर्‍यो । शनिबार बन्दको कार्यक्रम दक्षिण सिक्किमको नाम्चीमा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चासग बन्दकर्ताको भिडन्त भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

यसैबीच सोमबार प्रमुख प्रतिपक्षी दलको बन्द सकिनासाथ बुधबार (फेब्रुअरी ८) मा अर्को बन्द आह्वान गरिएको छ । बन्द जोइन्ट एक्सन कमिटीले आयोजना गरेको सिक्किमको अखबार सिक्किम एक्प्रेसले उल्लेख गरेको छ । बुधबारको बन्दलाई सिक्किमका भारतीय लोकसभा प्रतिनिधित्व गर्ने सांसद इन्द्रहाङ सुब्बाले समर्थन गरेका छन् ।

सामाजिक सञ्जालमा सुब्बाले लेखेका छन्, ‘हाम्रा राजनीति बिचारलाई अलग राख्दै जोइम्ट एक्सन कमिटीले आह्वान गरेको सिक्किम बन्दलाई सहयोग गर्नुपर्छ ।’

यो पनि पढ्नुस् : नेपाली भाषीलाई विदेशी भनेपछि तात्यो सिक्किमको सडक (भिडिओ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर