नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवमा सार्वजनिक भए नयाँ अफर – Nepal Press

नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवमा सार्वजनिक भए नयाँ अफर

काठमाडौँ । नेपाल टेलिकमले १९औँ वार्षिकोत्सव समारोह कार्यक्रममा ‘एनटी एनिभरसरी अफर’ सार्वजनिक गरेको छ ।

आइतबार सम्पन्न १९औँ वार्षिकोत्सव समारोह कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, कम्पनी सञ्चालक समितिका अध्यक्ष डा‍. वैकुण्ठ अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल लगायतका अतिथिको उपस्थिति रहेको थियो ।

समारोह सम्पन्नसँगै कम्पनीले ‘एनटी एनिभरसरी अफर’ उपलब्ध गराइएको जनाकारी दिएको छ ।

अफरमा २९४ रुपैयाँमा १० दिनका लागि २० जीबी डाटा, ९८ रुपैयाँमा ३ दिनका लागि ६ जीबी डाटा र ४९ रुपैयाँमा १ दिनका लागि १ एमबिपिएस अनलिमिटेड डाटा र अन नेट १०० मिनेट कल सुविधा उपलब्ध गराइएको छ ।

यसै गरी २०० रुपैयाँ देखि ४९९ रुपैयाँको रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा ५०० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने र नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि १२ हजार रुपैयाँमा २० एमबीपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटीटीभी सहितको प्याकेज उपलब्ध गरिएको टेलिकमले जनाएको छ ।

उक्त अफर यही माघ २९ गतेसम्म उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर