गिरावटपछि पुनः बढ्यो सुनको मूल्य – Nepal Press

गिरावटपछि पुनः बढ्यो सुनको मूल्य

काठमाडौं। साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचादीँ व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज बजारमा छापावाल सुनको मुल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय रुपैया कायम रहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन आइतबार मात्रै सुनको मूल्य २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा झरेको थियो । त्यसैगरी आज चादीँको मूल्य १ हजार ३ सय २० रुपैयाँमा स्थिर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर