प्रधानमन्त्री र प्रमुख सचेतकहरूको छलफल जारी – Nepal Press

प्रधानमन्त्री र प्रमुख सचेतकहरूको छलफल जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गरिरहेका छन् ।

दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विभिन्न विधेयक सम्बन्धि छलफलमा सहभागी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका विषयमा छलफल भइरहेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर