राष्ट्रपतिले संयुक्त सदनमा विशेष सम्बोधन गर्ने – Nepal Press

राष्ट्रपतिले संयुक्त सदनमा विशेष सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने भएकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन् ।

दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुवै संसद्लाई संयुक्त रूपमा विशेष सम्बोधनलाई बिदाइ सम्बोधन भनेर चर्चा हुन थालेको छ ।

निर्वाचन आयोगले २८ फागुनका लागि नयाँ राष्ट्रपतिको निर्वाचनको कार्यक्रम घोषणा गरेकाले यसलाई बिदाइ सम्बोधन भनिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर