अनावश्यक कृषि अनुदान बन्द गर्ने मुख्यमन्त्री जम्कट्टेलको घोषणा – Nepal Press

अनावश्यक कृषि अनुदान बन्द गर्ने मुख्यमन्त्री जम्कट्टेलको घोषणा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा दिइएको अनावश्यक अनुदान बन्द गर्ने घोषणा गरेका छन् ।

कृषि क्षेत्रमा व्यक्तिहरुले अनुदान पाउने व्यवस्था बन्द नभएसम्म अनुदानमा वास्तविक कृषकहरुको पहुँच पुग्न समस्या पर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले कृषि क्षेत्रमा भएको अनुदानको बेतिथिलाई अन्य गरिने बताएका हुन् ।

व्यक्तिगत र संस्थागत अनुदान अब बन्द गर्दै सही तथा साँचो ढंगबाट कृषि कर्ममा रहेका किसानहरुलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको उनले बताए ।

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको २४औं साधारणसभा तथा रेडियो मकवानपुरको १३औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापनमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश तहबाट विभिन्न क्षेत्रमा व्यक्ति वा संस्थालाई वितरण गरिँदै आएको अनुदान दुरुपयोग भएकोले त्यसलाई बन्द गर्ने काम सुरु भैसकेको बताए ।

पहुँचवाला मानिसहरुले अनुदान लिएर जाने हुँदा कृषि कर्ममा रहेका किसानहरु मारमा परेको उनको भनाइ थियो ।

उनले कृषि क्षेत्र राम्रो बने प्रदेशको विकासमा ठूलो सहयोग पुग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर