‘जय हो’मा अभिनेत्री केकी अनुबन्धित – Nepal Press

‘जय हो’मा अभिनेत्री केकी अनुबन्धित

काठमाडौं । चलचित्र ‘जय हो’मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतको जन्मदिनको अवसरमा आइतबार केकीसँग लिखित सहमति गरिएको हो ।

फिल्ममा केकीसँगै अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ तय भइसकेका छन् । टेक पौरखी राईले निर्देशन गर्ने फिल्म आगामी फागुन २५ गतेदेखि छायांकनमा जानेछ । फिल्म पोखरा र मुस्ताङका विभिन्न स्थानमा छायांकन गरिने निर्माण टीमले जनाएको छ ।

सुरेश न्यौपानेको कथा रहेको फिल्म एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको हो । फिल्ममा शम्भुजीत बाँस्कोटा र सागर आलेमगरको संगीत तथा सौरभ लामाको छायांकन रहनेछ ।

‘जय हो’मा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *