दुरसञ्चार सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन सञ्चारमन्त्री शर्माको निर्देशन – Nepal Press

दुरसञ्चार सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन सञ्चारमन्त्री शर्माको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुरसञ्चार सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन निर्देशन दिएकी छन् ।

नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमा उनले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै दुरसञ्चार सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन निर्देशन दिएकी छन् । उनले नवीन प्रविधि अवलम्बन गर्दै आधुनिक सेवा प्रवाहमा कम्पनीको प्रशसनीय कार्य रहेको बताइन् ।

उनले वर्तमान संविधानले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेकाले नेपाल टेलिकमजस्ता आत्मनिर्भर संस्थानको संरक्षण र सम्वर्द्धन गरी सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्वको महत्वपूर्ण स्रोतका रुपमा स्थापित गर्ने राज्यको प्राथमिकता हुने धारणा राखे । आगामी दिनमा जनताले प्रत्यक्ष लाभ महसुस गर्ने सेवालाई परिमार्जन र उत्पादन गर्दै थप जनतासम्म पुग्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छन् ।

मन्त्री शर्माले विकट क्षेत्रमा सेवा बिस्तार तथा मानवीय बस्तीमा टावर बिस्तार, वन क्षेत्रमा हुने पूर्वाधार विकास चुनौतीपूर्ण रहेको बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *