नेकपा एसको संकल्प- आगामी निर्वाचनमा वडासम्मै उम्मेदवार, एमालेसँग एकता नगर्ने – Nepal Press

नेकपा एसको संकल्प- आगामी निर्वाचनमा वडासम्मै उम्मेदवार, एमालेसँग एकता नगर्ने

राष्ट्रपतिको निर्वाचनमा विपक्षी गठबन्धन जहाँ हुन्छ हामी त्यहीँ हुन्छौं : प्रवक्ता खतिवडा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको निर्वाचनमा वडासम्मै आफ्नो पार्टीको उम्मेदवार खडा गर्ने संकल्प गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले यस्तो संकल्प गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले भने, ‘स्थानीय तहको निर्वाचन भएको करिब ९ महिना हुन थालिसक्यो। अब करिब ४ वर्षमा निर्वाचन हुन्छ । त्यसमा हाम्रो पार्टी देशव्यापी रुपमा सबै वडाहरुमा कलम चिन्ह लिएर जानेछ । केन्द्रीय कमिटीको बैठकले यही संकल्प गरेको छ ।’

उनले आफ्नो पार्टीको ध्यान सत्तामा नभएकाले शसक्त रुपमा प्रतिपक्षमा बसेर जनताको आवाज उठाउने बताए । उनले भने, ‘एमालेसँग अहिले एकताको कुनै सम्भावना छैन । त्यस विषयमा हाम्रो कुनै संवाद पनि छैन ।’ उनले राष्ट्रपतिको निर्वाचनमा विपक्षी गठबन्धन जहाँ हुने आफूहरु पनि त्यही रहने प्रष्ट पारे ।


प्रतिक्रिया

One thought on “नेकपा एसको संकल्प- आगामी निर्वाचनमा वडासम्मै उम्मेदवार, एमालेसँग एकता नगर्ने

  1. भारतीय दलालहरूलाई दलाली गर्दै फुर्सद छैन । के को विस्तार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर