बीजेपीको उदाहरण दिँदै माधव नेपालले भने- अब हामीलाई उछिन्न कसैले सक्दैन – Nepal Press

बीजेपीको उदाहरण दिँदै माधव नेपालले भने- अब हामीलाई उछिन्न कसैले सक्दैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीलाई एकताबद्ध बनाएर जानेमा कुनै मतभेद नरहेको प्रष्ट पारेको छन् । शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले मुकुन्द न्यौपानेले पार्टीमा फरक मत राखेको नभएर एकताबद्ध बनाएर जान सुझाव दिएको बताए ।

उनले भने, ‘नेताहरुको बीचमा खटपट सुरु भइसक्यो भन्ने तपाईंहरुलाई लागेको होला । छैन तर, भइहाल्यो भने पनि आत्तिनुपर्ने केही छैन । यो पचास वर्षे इतिहासमा हामी अनेकौं उतारचढावहरुलाई पार गर्दै अगाडि बढेका छौँ ।’

उनले अहिले आफूहरुले लिएको अवधारणा अनुसार हिँडे सबै पार्टीलाई उछिन्न सक्ने दाबी गरे ।

उनले भने, ‘पहिला चार सीट ल्याएको बीजेपी अहिले भारतमा पुरै हावी भएको छ । २०१५ सालमा दुई तिहाइभन्दा बढी ल्याएको् नेपाली कांग्रेस अहिले कम्युनिष्टहरुभन्दा पनि कमजोर बनेको छ । तर, कम्युनिष्ट आन्दोलनभित्रै देखिएको विकृत्तिको कारणले हामीले लोकप्रियता हासिल गर्न सकेनौं ।’

 


प्रतिक्रिया

One thought on “बीजेपीको उदाहरण दिँदै माधव नेपालले भने- अब हामीलाई उछिन्न कसैले सक्दैन

  1. तिमी भाररतीय दलाल भएजस्तो मोदी कुनै देशको दलाल थिएनन । ६ महिने मन्त्री खान पार्टी फुटाउने बुद्वि भएकहरूको झुण्ड भाजपा थिएन । तुलना कहाँको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर