रवि भन्छन्- फेरि बोलाए भने गृह मन्त्रालय सम्हाल्न तयार छु (भिडिओ) – Nepal Press

रवि भन्छन्- फेरि बोलाए भने गृह मन्त्रालय सम्हाल्न तयार छु (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाए आफू सरकारमा जान तयार रहेको बताएका छन् । सरकारबाट बाहिरिएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा रविले आफ्नो सांसद पद खारेज भएपनि गृह मन्त्रालय पाउने आशा भने रहेको स्वीकार गरे ।

‘हामीले गृह मन्त्रालय बसेर १२ वर्ष धाएको मान्छेलाई १२ मिनेटमा काम गरिदिएका थियौँ । म त्यो लोभका लागि गृह मन्त्रालय जान चाहन्छु’, रविले भने, ‘अहिले यति गाली गर्दा पनि, फेरि बोलाए भने जान्छु । जान्छु, पद लोलुप भएर हैन काम गर्नका लागि जाने भनेको ।’

उनले सरुवा बढुवामा खान पल्केकाले आफूलाई गृहमन्त्री हुन नदिएको दाबी गरे । साथै, मिडियाले धेरै नकारात्मक समाचार लेखेका कारण प्रधानमन्त्री हच्किएको उनको गुनासो थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर