न्युरोडबाट साढे ७८ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ – Nepal Press

न्युरोडबाट साढे ७८ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट साढे ७८ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरु हुन्डी कारोबारी हुन सक्ने प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलाली स्थायी घर भई काठमाडौंको विजुली बजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलालीकै ५९ वर्षीय दीपेन्द्रबहादुर मल्ल छन् ।

विशेष सूचनाका आधारमा उनीहरु पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले जानकारी दिए । उनीहरुलाई राष्ट्र बैंक ऐन २०५८ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर