रास्वपा नेता गणेश कार्की भन्छन्- सरकारमा जानु गलत थियो, समर्थन पनि फिर्ता लिनुपर्छ – Nepal Press

रास्वपा नेता गणेश कार्की भन्छन्- सरकारमा जानु गलत थियो, समर्थन पनि फिर्ता लिनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीले सरकारलाई कायम राखेको समर्थन पनि फिर्ता लिनुपर्ने मत राखेका छन् ।

रास्वपाको आजको बैठकपछि प्रतिक्रिया दिँदै कार्कीले पार्टी सरकारमा जानु गलत भएको र अब कोर्स करेक्सन गर्ने बेला आएको बताए ।

कार्कीले फरक मत प्रस्तुत गर्दै भने, ‘अब कोर्स करेक्सन गर्ने मौका आएको छ । हामी कहाँ हो भन्ने
द्वविधा हुन्छ, बाहिरिने कि भित्र जाने भन्ने जनमतमा हामीले फिर्ता लियाैं ।’

रास्वपाले आजै सरकारबाट बाहिरिने घोषणा गरिसकेको छ । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई गृहमन्त्री त्यागेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको प्रस्ताव गरेका थिए । यसअघि उपप्रधानसहित गृहमन्त्री बनेका रास्वपा अध्यक्ष रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहरिएपछि उनको मन्त्री, सांसद र अध्यक्ष पद गुमेको थियो ।

त्यसको लगत्तै पुनः नागरिकता लिएपछि उनी अध्यक्षमा फिर्ता भएर गृहमन्त्रालय दाबी गरेपनि प्रधानमन्त्री प्रचण्डले नमानेपछि रास्वपा सरकारबाट हट्ने निर्णय गरेको हो ।

 

 


प्रतिक्रिया

One thought on “रास्वपा नेता गणेश कार्की भन्छन्- सरकारमा जानु गलत थियो, समर्थन पनि फिर्ता लिनुपर्छ

  1. बाहिर बसेर हल्ला मात्रै गरेर हुन्छ ? हल्लै मात्र गर्ने भए त चुनावमा किन भाग लिएको ? हल्ला गर्न त साँसद नै हुनुपर्दैन नि । सरकारमा गएर रविले शुरू गरेका केही कामले नेपाली जनतामा यिनले केही गर्छन भन्ने आशा जगायो । त्यो प‍ो महत्वपूर्ण हो । हल्ला गर्नेको भिडमा बसेर थप हल्ला मात्रै गरेर जनताले पत्याउनेवाला छैनन । २० सिट पनि रविले हल्ला गरेको कारण आएको होईन । उनीले जनताको पक्षमा गरेका केही कामका कारण आएको हो । ख्याल गर गणेश बाबू । फेरि सरकारमा गएर काम गरेर देखाउनु नै वुद्विमानी हुन्छ । कि तिमीले मन्त्री हुन पाउदिन अरू मन्त्री भएर रजगज गरे भनेर डाहा मानेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर