एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गतेदेखि काठमाडौंमा – Nepal Press

एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गतेदेखि काठमाडौंमा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक माघ २९ देखि बस्नेगरी बोलाइएको छ । चुनावअघि समेत नबसेको केन्द्रीय कमिटी बैठक माघ २९ र फागुन १ गते बस्नेगरी बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेमा पछिल्लो समय महत्वपूर्ण निर्णय केन्द्रीय सचिवालयबाट हुने गरेका छन् । पार्टीको अबको रणनीति र सांगठानिक गतिविधिबारे निर्णय गर्न बैठक बोलाइएको हो । बैठक केन्द्रीय कार्यालय च्यासलमा हुने रिजालले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर