सङ्घले कानून नबनाइदिँदा प्रदेश सरकार निम्छरो : मन्त्री राजभण्डारी – Nepal Press

सङ्घले कानून नबनाइदिँदा प्रदेश सरकार निम्छरो : मन्त्री राजभण्डारी

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रदेश सरकारलाई निम्छरो बनाइएको बताएका छन् ।

प्रेस चौतारी सुनसरीले आयोजना गरेको २५औं स्थापना दिवस कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारलाई अधिकार नदिएको बताएका हुन् ।

मन्त्री राजभण्डारीले सङ्घीय सरकारले कानून नबनाइदिँदा प्रदेश सरकारलाई काम गर्न असहज भएको सुनाए ।

उनले शिक्षा ऐन नबन्दा प्रदेश सरकारले अनुगमन र नियमन गर्न नसकेको बताए । प्रदेश सरकार विघटन गर्नुपर्छ भनेर उठेको मागलाई खारेज गर्ने गरी काम गर्ने उनको भनाइ थियो ।

स्थापना दिवसको अवसरमा सुनसरी कार्य क्षेत्र रहेका ३ जना पत्रकार पुरस्कृत भएका छन् । प्रेस चौतारी सुनसरी क्रियाशील पत्रकारिता पुरस्कार नवराज बिष्ट, उदीयमान पत्रकारिता पुरस्कार प्रकाश तिमल्सिना र कौशिलादेवी स्मृति पत्रकारिता पुरस्कार रोजी खतिवडालाई दिइएको हो ।

प्रेस चौतारीका केन्द्रीय सदस्यहरु देवेन्द्र कार्की र सन्तोष काफ्ले तथा प्रदेश १ उपाध्यक्ष सुमन पुरी रहेको पुरस्कार छनोट समितिले गरेको निर्णयअनुसार पुरस्कार वितरण गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर