बारामा बागी उठेर जितेका प्रदेश सांसद कलवार जसपामै फर्किए – Nepal Press

बारामा बागी उठेर जितेका प्रदेश सांसद कलवार जसपामै फर्किए

बारा । मधेसका स्वतन्त्र सांसद शारदाशंकर कलवार जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । जसपाकै कलवारले बागी उठेर चुनाव जितेका थिए ।

बाराको निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित कलवारले एमाबाट उम्मेदवार बनेका बलबीर चौधरी र माओवादीका उम्मेदवार मोतीलाल कुशवाहालाई पराजित गरेका थिए ।

मधेस प्रदेशका अर्थ तथा योजना मन्त्री सञ्जयकुमार यादव, मधेसकै अध्यक्ष रामबाबुकुमार यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् । यससँगै मधेस प्रदेशमा जसपाको सांसद संख्या १९ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर