भीसीटीएस उल्लंघन गर्ने कम्पनीलाई ५८ लाख १८ हजार जरिवाना – Nepal Press

भीसीटीएस उल्लंघन गर्ने कम्पनीलाई ५८ लाख १८ हजार जरिवाना

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहालले विभागमा तीन महिना रहँदा भएको कामको विवरण सार्वजनिक गरेका छन् । गत कात्तिक १६ गतेदेखि हालसम्म भएका गतिविधिको विवरण सार्वजनिक गर्दै दाहालले राजस्व चुहावटतर्फ १९९ वटा सूचना आएको उल्लेख गरे ।

६४ करोड ३१ लाख रुपैयाँ मागदाबीसहित ६ वटा मुद्दा दर्ता भएको विभागले जनाएको छ ।

यता विदेशी विनिमय अपचलनमा ६ वटा सूचना आएको र ५ वटा मुद्दा दर्ता भएको विभागको भनाइ छ । यसमा ५२ लाख ३३ हजार मागदाबीसहित मुद्दा दर्ता भएको छ ।

यस्तै वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस)को प्रयोगकर्ता १ लाख ९० हजार १४२ पुगेको छ । यस्तो अनुगमनबाट ७६ वटा कम्पनीलाई ५८ लाख १८ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

दाहाल श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । गत कात्तिक १५ गते उनी विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका थिए । कर र भन्सार छलीसम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारी पाएको विभागको नेतृत्व पछिल्लो समय छिटो–छिटो परिवर्तन भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *