कांग्रेसलाई ओलीको व्यंग्य- बेलुका ढोक्सा थाप्छ, बिहान रित्तो ढोक्सा बोकेर घर फर्किन्छ (भिडिओ) – Nepal Press

कांग्रेसलाई ओलीको व्यंग्य- बेलुका ढोक्सा थाप्छ, बिहान रित्तो ढोक्सा बोकेर घर फर्किन्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै कांग्रेसले ढोक्सा थापेर गलत गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिमा आफूबाहेक अरुको नेतृत्वलाई स्वीकार्न नसकेर प्रतिपक्षमा पुगिसकेको कांग्रेसले सरकार गठन भइसकेपछि हठात् रूपमा विश्वासको मत दिएको बताए ।

उनले भने, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन । मैले त्यतिबेलै भनेको थिए मतदान मात्रै गरेको भए त ठीकै हो । ढोक्सा थापेको हो भने गल्ती हो । ढोक्सा बेलुका थापिन्छ । अँध्यारोमा माछा पार्न खोजिन्छ ढोक्सामा । बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फर्क्यो । सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचोला खडा गर्ने कांग्रेसको रणनीति देखिन्छ ।’

विश्वासको मत दिएपछि कांग्रेसका नेताहरूले खुलेरै ढोक्सा थापेको बताउन थालेको ओलीको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *