चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित – Nepal Press

चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित

काठमाडौं । राजु गिरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित भएकी छन् ।

माघ २० गतेबाट फ्लोरमा जाने यो चलचित्रमा अनिता गिरी ,गौरव पहारी, नम्रता सापकोटा, विनोदसँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीलगायत कलाकारको अभिनय रहने छ ।

झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुन लागेको यो चलचित्रबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पनि कमब्याक गर्दै छन् ।

सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ ।

लमजुङको भुजुङखोला, हेटौँडा, काठमाडौंका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिने भएको छ ।

चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर