माओवादीलाई कांग्रेसको ‘वाकओभर’, राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध ! (भिडिओ) – Nepal Press

माओवादीलाई कांग्रेसको ‘वाकओभर’, राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध ! (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति चुनावसम्म माओवादीलाई आफ्नो पक्षमा पार्ने रणनीतिअनुसार आफ्नो उम्मेदवारी दिने निर्णयबाट पछि हटेपछि राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको छ । यद्दपि मनाेनयन दर्ताको समय ४ बजेसम्म बाँकी नै रहेकाे राष्ट्रियसभाका सचिव सचिव रोृन्द्र फुयाँलले बताए ।

उम्मेदवारी मनोनयनको दिन कांग्रेसले माओवादीविरुद्ध आफ्नो उम्मेदवार खडा नगर्ने निर्णय गरेसँगै उर्मिला निर्विरोध हुने भएकी हुन् । अर्यालको उम्मेदवारी दर्ता भइसकेको छ ।

उनको प्रस्तावकमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र समर्थकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा रहेका छन् । यसअघि कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय संसदी दल कार्य समिति बैठकबाट गरेको थियो ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफलसमेत गरेका थिए । तर, आइतबार देउवा निवासमा बसेको कांग्रेससहित विपक्षी दलहरूको बैठकले माओवादीविरुद्ध उम्मेदवारी नदिने निर्णय गरेको हो ।

राष्ट्रपति चुनावलाई लक्षित गरेर कांग्रेसले माओवादीलाई साथ दिँदै आएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले एमाले र रास्वपा उम्मेदवार बनेका सभामुख र उपसभामुखमा भने आफ्ना उम्मेदवार खडा गरेको थियो ।

प्रदेशमा पनि एमाले र राप्रपाविरुद्ध उम्मेदवार उठाउने तर माओवादी र जसपा भएका ठाउँमा साथ दिने रणनीति बनाएको थियो । कांग्रेसको यो निर्णयसँगै अर्याल निर्विरोध हुने निश्चित भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर