रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अघोषित बहिष्कार, सांसदहरू पार्टी बैठकमा – Nepal Press

रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अघोषित बहिष्कार, सांसदहरू पार्टी बैठकमा

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभा बैठक अघोषित रुपमा बहिष्कार गरेको छ ।

१ बजेबाट सुरु भएको बैठकमा पार्टीका कुनै पनि सांसद उपस्थित छैनन् ।

हिजो राति अबेर बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आज प्रतिनिधिसभा बैठक सामूहिक बहिष्कार गर्ने अनौपचारिक सहमति भएको थियो ।

त्यसैबमोजिम समय जुध्ने गरी पार्टीको बैठक डाकिएको छ । अहिले रास्वपाका सबै १९ जना सांसद पार्टी बैठकमा सहभागी छन् ।

प्रतिनिधिसभा बैठक अहिले जारी रहेको छ । रास्वपा सभापति लामिछानेले साढे १ बजे पत्रकार सम्मेलन गर्ने भनेकोमा पार्टीको बैठक सकिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर