कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण (भिडिओ) – Nepal Press

कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ । काठमाडौं उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निः शुल्क मिर्गौला प्रत्यारोपण गरिएको छ। प्रदेश अस्पतालले अनुमति पाएको ३ महिनापछि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरेको हो ।

प्रदेश अस्पतालका डाक्टर डम्बर खड्का र केन्द्रका तर्फबाट डाक्टर पुकार चन्द्र श्रेष्ठले ०७८ चैत १० गते मिर्गौला प्रत्यारोपण गर्नका लागि सम्झौता भएको थियो ।

यस्तै, कानूनी तथा व्यवस्थापिका प्रक्रिया पुरा गरेर शनिवार हिजो नवलपरासी जिल्ला बर्दघाट नगरपालिका(४ का ४३ वर्षीया आमाले २२ वर्षीया छोरालाई मिर्गौला दान गरेकी थिइन् ।

प्रत्यारोपणमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डाक्टर पुकार श्रेष्ठको नेतृत्वमा उक्त प्रत्यारोपण सम्पन्न भएको प्रदेश अस्पतालले जानकारी दिएको छ ।

केन्द्रका डाक्टर रवि किरण गौतम, डाक्टर हरि बराल, एनेस्थेसियोलोजिष्ट डाक्टर सोभित थापा, रश्मित श्रेष्ठ, नेफ्रोलोजिष्ट डाक्टर सुमित आचार्य, डाक्टर दिपा लामिछाने रेडियोलोजीष्ट डाक्टर समीर दवाडी, डाक्टर पूजन बल्ल र डाक्टर जनी बज्राचार्य, फिजिसियन डाक्टर कुलराज शाही लगायतका टिम र ओ.टी. इन्चार्ज प्रभा रावल तथा ओ. टी र आई.सी.युमा कार्यरत नर्सिङ कर्मचारीहरू साथै प्रयोगशालाका इन्चार्ज भरत देवकोटा लगायतका कर्मचारीहरूको टीम मिर्गौला प्रत्यारोपण गरेको हो ।

प्रदेश अस्पतालले प्रत्यारोपण सेवा नियमित रूपमा सञ्चालन गर्ने प्रदेश अस्पतालेको योजना रहेको छ । उक्त सेवालाई निरन्तरता दिन अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गर्न केन्द्रमा तालिममा पठाउने डाक्टर डम्बर खड्काले बताए ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १ हजार ११ जनाको मिर्गौला र ९ जनाको कलेजो प्रत्यारोपण गरिएको डाक्टर पुकार चन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘कुनै हालतमा प्रत्यारोपण सेवा बन्द हुने छैन । अब कर्णालीका बिरामीले काठमाडौं धाउनु पर्दैन, बिरामीले एक रुपैयाँ पनि खर्च गर्नु पर्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *