पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन – Nepal Press

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ ।

७८ वर्षीय मुसर्रफ एमलोइडोसिस् रोगबाट पीडित थिए । केही दिनयता अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

पाकिस्तानका पूर्व सेनाप्रमुखसमेत रहेका मुसर्रफको निधनमा सेनाले पनि समवेदना दिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

सैनिक कूमार्फत परवेजले सन् १९९९ मा सासनसत्ता हातमा लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *