प्रदेश १ मा सञ्चार प्रतिष्ठान चाँडै बन्छ : मुख्यमन्त्री कार्की – Nepal Press

प्रदेश १ मा सञ्चार प्रतिष्ठान चाँडै बन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका मिडियालाई व्यवस्थित गर्न चाँडै सञ्चार प्रतिष्ठान बनाउने बताएका छन् ।

यसअघि गठन गरिएको हिजोका दिनमा गठन गरेको प्रदेश सञ्चार प्रतिष्ठानमा यसअघिका सरकारले खारेज गरेकोप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री कार्कीले अबको केही दिनमा नै कानून बनाएर प्रदेश सञ्चार प्रतिष्ठान गठन हुनेमा विश्वस्त हुन आग्रह गरे ।

प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारिता क्षेत्रको विकासका लागि सरकार लाग्ने बताए । सरकार गठन भएपछि बधाई तथा शुभकामनाका कारणले सरकारको कामले गति लिन नसकेको स्वीकार गरेका मुख्यमन्त्री कार्कीले सबैलाई बधाईको लागि सरकारका मन्त्री र मुख्यमन्त्रीको समय नलिईदिन पनि आग्रह गरे ।

‘हामी सरकारमा आएपछि गति दिएर काम गर्न पाएका छैनौं’, उनले भने, ‘बधाई दिने कुरालाई नागरिक तहबाट नै रोकिदिन आग्रह गर्दछु ।’

उनले अबको केहीमा नै सरकारले आफ्नो लयमा काम गर्नेसमेत बताएका छन् ।

विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले महानगरपालिकालाई खबरदारी गर्ने काममा मिडियाको भूमिकाको अपेक्षा गरेको बताइन् । उनले सबैखालका सूचनाहरू सञ्चारकर्मीले सम्प्रेषण गरी नागरिकसम्म पुर्‍याउने काम गरेको बताइन् ।

प्रेस चौतारीको स्थापना दिवसको अवसरमा कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार र जनार्दन मैनाली पत्रकारिता पुरस्कार वितरण गरिएको छ । तेजेन्द्र भण्डारीलाई जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । दिनेश सुब्बालाई कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कारको राशी ११ हजार एक सय रहेको छ भने जनार्दन मैनाली पत्रकारिता पुरस्कारको राशी १५ हजार ५ सय रहेको प्रेस चौतारी जिल्ला अध्यक्ष सुदीप कोइरालाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर