राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गर्न कांग्रेस लगायत विपक्षी दलको बैठक बस्दै – Nepal Press

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गर्न कांग्रेस लगायत विपक्षी दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि विपक्षी दलहरूको बैठक आज पनि बस्ने भएको छ ।

शनिवार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष भने निकाल्न सकेको थिएन । सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीले भने आफ्नो पार्टीबाट उम्मेदवारी नहुने जानकारी सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका थिए ।

गत साता बसेको कांग्रेस पदाधिकारी बैठकले भने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । आफ्नो पार्टीका उम्मेदवारलाई समर्थन जुटाउन सिंहदरबारमा बैठक बोलाए पनि उम्मेदवारको नाम कांग्रेसले घोषणा गरेको छैन ।

यद्यपि, आजको बैठकमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बारेमा कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी बिच छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर