मधेसका मुख्यमन्त्री यादवले भने- जनताको विश्वास टुट्न नदिने गरी काम गर्छु – Nepal Press

मधेसका मुख्यमन्त्री यादवले भने- जनताको विश्वास टुट्न नदिने गरी काम गर्छु

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताको विश्वास टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

मधेश प्रदेशसभाले स्थापनाको ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गरेर जनताको विश्वास जित्ने बताए । उनले भने, ‘ ‘सबै प्रदेशसभा सदस्यले ममाथि विश्वास गरेर विश्वासको मत दिनुभयो, त्यो विश्वास गुम्न दिन्नँ । काम गरेर देखाउँछु ।’

मुख्यमन्त्री यादवले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनको क्षेत्रलाई प्राथमिकतामा राखेर विकासको काम अगाडी बढाउने बताए । उनले भ्रष्टाचार जरैदेखि निर्मूलपार्ने प्रतिबद्धता पनि दोहोर्‍याए ।

यस्तै प्रदेश प्रमुख हरिशंकर मिश्रले सहिदहरूको सपना पुरा गर्न सरकार र सांसदहरूलाई सुझाए । उनले ज्यानको आहुति दिने शहीदहरूको विचारलाई ध्यानमा राखेर प्रदेशको विकास गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर