उद्योग वाणिज्य संघको निर्वाचनलाई लिएर काङ्ग्रेस इटहरीमा विवाद – Nepal Press

उद्योग वाणिज्य संघको निर्वाचनलाई लिएर काङ्ग्रेस इटहरीमा विवाद

विराटनगर । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनलाई लिएर नेपाली काङ्ग्रेस इटहरी भित्र विवाद उत्पन्न भएको छ ।

पार्टीभित्र विवाद भएपछि अध्यक्षमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

माघ २८ गते हुने निर्वाचनमा काङ्ग्रेस निकट गायत्री भण्डारी, जीवन पराजुली र पीताम्बर पोखरेलले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

निर्वाचनको मिति नजिकिएसङै इटहरी काङ्ग्रेस सभापति हेम कर्ण पौडेलले गायत्रीलाई आधिकारिक उम्मेदवार भएको भन्दै पत्र दिएका छन् ।

पौडेलले पत्र दिएसङै उनी इतर काङ्ग्रेस नेताहरू आक्रोशित भएका छन् ।

काङ्ग्रेसका नेता विकास केसीले सामाजिक सञ्जालमा नगर समितिले गरेको कुनै निर्णय आधिकारिक नहरेको स्पष्ट पारेका छन् । केसी सभापतिमा पौडेलसँग पराजित भएका थिए ।

नगर सभापति हेम कर्ण पौडेल, इटहरी उद्योग वाणिज्य संघ इटहरीका पूर्व अध्यक्ष रोहित प्रसाईँ लगायतले कटवाललाई समर्थन गरेका छन् ।

यता जीवन पराजुलीको पक्षमा विकास केसी, उद्योग वाणिज्य संघ इटहरी अध्यक्ष भीम बहादुर पौडेल, पूर्व अध्यक्ष टंक दुलाल देखिएका छन् ।
भण्डारी लामो समयदेखि उद्योग वाणिज्य सङ्घको नेतृत्वमा छन् ।

यस्तै काङ्ग्रेस निकट व्यापारी तथा होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली समेत प्यानल तयार गरेर निर्वाचनमा होमिएका छन् ।

जिल्लाका पार्टीका शीर्ष नेताहरू नै आ आफ्ना नजिकका व्यक्तिलाई समर्थन गर्न उत्रिएपछि विवाद चरम उत्कर्षमा पुगेको छ ।

उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा एमाले निकट रन्जु सिग्देलको नेतृत्वमा चुनावी मैदानमा होमिएको छ । यस्तै होटल व्यवसायी मणिन्द्र कट्टुवालले समेत अध्यक्षमा मनोनयन दर्ता गरेको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर