वडा बनाउने मानसिकताबाट माथि उठेर कर्णालीको समृद्धि बनाउन लाग्नुपर्छ : यामलाल कँडेल – Nepal Press

वडा बनाउने मानसिकताबाट माथि उठेर कर्णालीको समृद्धि बनाउन लाग्नुपर्छ : यामलाल कँडेल

सुर्खेत । कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीका वडा बनाउने मानसिकताबाट माथि उठेर कर्णालीको समृद्धि बनाउन तिर लाग्न आग्रह गरेका छन् ।

प्रदेश सरकार बनाउन नेतृत्वको मानसिकता भन्दा अझै माथि उठ्नु पर्ने बताएका हुन् ।

शनिवार कर्णाली प्रदेश सभाको पाँचौँ स्थापना दिवसको अवसरमा बोल्दै कँडेलले दलीय व्यवस्थामा राजनीति दल जति जनमैत्री बन्न सक्छ, त्यति नै जनताको आकर्षक बढ्ने बताए ।

उनले भने, ‘पछौटे पनमा हुर्किएका हामी, एक्ला एक्लै हिँड्ने बानी परेका छौँ, त्यो बानीलाई हटाएर सबै सँगसँगै अगाडि बढ्न आग्रह गरेका छन् । उनले भने, कर्णाली बनाउने लागि सबैको भूमिका रहन्छ ।’

उनले कर्णाली बनाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर