सन्दीप र क्यानको विरोधमा केही युवायुवतीले गरे माइतीघरमा प्रदर्शन (भिडिओ) – Nepal Press

सन्दीप र क्यानको विरोधमा केही युवायुवतीले गरे माइतीघरमा प्रदर्शन (भिडिओ)

काठमाडौं । सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टीममा समावेश गरिएको विरोधमा केही युवायुवतीले माइतीघरमा प्रदर्शन गरेका छन् । महिलावादी अभियन्ताहरूको पहलमा भएको प्रदर्शनमा नेपाल क्रिकेट संघविरूद्ध लक्षित थियो ।

प्रदर्शनकारीले बलात्कार आरोप लागेका व्यक्तिलाई राष्ट्रिय टीममा समावेश गर्नु नहुने बताए । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा

सन्दीप राष्ट्रिय टोलीमा समावेश भएसँगै शुक्रवारबाट बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।

आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रंखलाका लागि उनीसँगै २० जनालाई बन्द प्रशिक्षणमा सामेल गराइएको छ ।

यसअघि सन्दीप लामिछानेबाहेक पहिलो चरणको प्रशिक्षणमा क्यानले २८ खेलाडीलाई बोलाएको थियो ।

बिहीबार ९ खेलाडीलाई बाहिर राख्दै क्यानले सन्दीपलाई पाँच महिना पछि राष्ट्रिय टीममा पुनरागमनको मौका दियो ।

त्यसपछि उनलाई राष्ट्रिय टिममा फर्काउने या नफर्काउने धेरै प्रश्नहरू उठेका थिए ।

बलात्कारको आरोप लाकेपछि सन्दीपलाई क्यानले पनि निलम्बन गरेको थियो ।

गत मङ्गलवार पोखरामा बसेको क्यान बोर्ड बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो । उनलाई अहिले बन्द प्रशिक्षणमा राखिएको छ ।

अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो । उनलाई क्रिकेट खेल्न रोक लगाइएको छैन ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

One thought on “सन्दीप र क्यानको विरोधमा केही युवायुवतीले गरे माइतीघरमा प्रदर्शन (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर