माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु (भिडिओ) – Nepal Press

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने लगायतका विषयमा छलफल हुने छ ।

यस्तै केन्द्रीय विभाग बाँडफाँडको टुंगो लगाउने तयारी पनि माओवादीले गरेको छ ।

रास्वपाले बिहीबार नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो ।


प्रतिक्रिया

One thought on “माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु (भिडिओ)

  1. यी कान्ला खनेर खाईरहेकाले जनयुद्व नामको व्यक्ति हत्या गरेर राज्यको सुविधामा गाडी चढने बाहेक गरेका केही छैनन । अब यिनलाई यो देशमा नेतृत्वमा होईन सबैलाई मजदुर बनाएर बाटो खन्न लगाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर