नेकपा एसको विश्लेषण: एमाले दक्षिणपन्थी, रास्वपा प्रतिक्रियावादीको सेवक र राप्रपा लम्पटहरुको पार्टी – Nepal Press

नेकपा एसको विश्लेषण: एमाले दक्षिणपन्थी, रास्वपा प्रतिक्रियावादीको सेवक र राप्रपा लम्पटहरुको पार्टी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलहरुको चरित्र र आफनो पार्टीको नियतसंगत व्यवहारबारे छलफल थालेको छ ।

शनिबार सुरु भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बारेमा व्याख्या गरेका छन् ।

नेकपा एसले एमालेलाई दक्षिणपन्थी र संविधानविरोधी पार्टीका रुपमा चित्रित गरेको छ भने भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रतिक्रियावादीको सेवक र दल भनेको छ।

त्यस्तै राप्रपालाई लम्पटहरुको दल भन्दै नेकपा एसले नेपाली कांग्रेसलाई संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध रहेको दलको रुपमा व्याख्या गरेको छ ।

भने माओवादीलाई संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध हुँदाहुँदै पनि सत्ताको लागि धुलमुल चरित्र देखाएको टिप्पणी गरेको छ ।

 


प्रतिक्रिया

One thought on “नेकपा एसको विश्लेषण: एमाले दक्षिणपन्थी, रास्वपा प्रतिक्रियावादीको सेवक र राप्रपा लम्पटहरुको पार्टी

  1. अनि हामी चाहिँ भारतीय दलाल र मन्त्री खान पार्टी फुटाउने वुद्वि भएकाहरूको झुण्ड भन्न चाहिँ किन छोडेको नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर