राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार टुंगो लगाउन विपक्षी दलको बैठक जारी – Nepal Press

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार टुंगो लगाउन विपक्षी दलको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठक जारी छ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार टुंगो लगाउन कांग्रेसले बोलाएको संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको बैठक शुरु जारी छ । ११ बजे बस्ने भनिएको बैठक १० बजे नै बसेको हो ।

सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेसका संसदीय दलका नेता शेर बहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल बीच छलफल भइरहेको छ । बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।

नेकपा एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहिवार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसहमत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो । तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निक्र्यौलमा कांग्रेस भने पुगिसकेको छैन । सत्तारुढ दलले पनि यसवारेमा निर्णय लिईसकेका छैनन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर