पटक पटक स्थगित माओवादी स्थायी समिति बैठक दिउँसो १ बजे बस्दै – Nepal Press

पटक पटक स्थगित माओवादी स्थायी समिति बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक पटक सरेर शनिबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय बिभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक शुक्रवार बस्न नसके पछि शनिवार १ बजे बोलाइएको हो ।

रास्वपाले बिहिबार नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि अन्तत पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहिबार स्थगित हुन पुगेको थियो । त्यसपछि शुक्रवार अपरान्ह ३ बजेको बैठक पनि बस्न नसके पछि शनिवार अर्थात आज १ बजे बोलाइएको हो ।

बैठकले रास्वपासँगको विवाद र केन्द्रिय बिभागहरुको कार्यबिभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर