सन्दीपविरुद्धको पुनरावेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश – Nepal Press

सन्दीपविरुद्धको पुनरावेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दर्ता गरेको पुनरावेदनमा बिहीबार कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले उच्च अदालतले गरेको निर्णय र मिसिलको सक्कल झिकाउने आदेश गरेको हो । यसै साता मात्र महान्यायधिवक्ता कार्यालयले पुनरावेदन दर्ता गरेको थियो । सन्दीप पनि उच्च अदालतले आफूसँग धेरै धरौटी मागेको र विदेश जान रोक लगाएको भन्दै सर्वोच्चमा पुनरावेदन गर्ने तयारीमा छन् ।

उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो । त्यसअघि बलात्कार आरोपमा अभियोग दर्ता भएपछि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर