प्रहरीलाई प्रदेश सरकारले आवश्यक सपोर्ट गर्छ : मन्त्री जिसी – Nepal Press

प्रहरीलाई प्रदेश सरकारले आवश्यक सपोर्ट गर्छ : मन्त्री जिसी

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण बहादुर जिसीले कर्णाली प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालयको अनुगमन गरेका छन् ।

शुक्रबार मन्त्री जिसीले प्रदेश प्रहरीका काम कारबाहीको अवस्थाबारे अनुगमन गरेका हुन् । उनले प्रहरीलाई आवश्यक पर्ने भौतिक संरचना, संगठन संरचना र प्रविधि तथा आवश्यक जनशक्तिको कमी भएमा प्रदेश सरकारले प्रहरीलाई सहयोग र सपोर्ट गर्ने बताए ।

अहिले प्रहरी संरचना संघ सरकारको माताहतमा रहेकोले प्रदेश सरकारले खासै वास्ता नगरेको जस्तो देखिए्रको भन्दै मन्त्री जिसीले प्रदेशका लागि नै प्रहरीले काम गरिरहेको र पछि प्रदेश सरकारकै एक हिस्सा हुने भएकाले प्रहरीलाई हरेक हिसाबले सशक्त पार्नुपर्नेमा जोड दिए । उनले प्रहरीको लागि आवश्यक पूर्वाधार र प्रविधिका लागि बजेटको व्यवस्था गर्न पहल गर्ने बताए ।

यद्यपी बजेटको अपुग भएमा आवश्यक संरचना निर्माण गर्न, ट्राफिकलगायत विपदका सामाग्रीका लागि आवश्यक बजेटको पहल गर्ने उनको मन्त्री जिसीले बताए ।

साथै, विपद र अपराध अनुसन्धानमा प्रहरी अग्रभागमा रहेर काम गर्ने भएकाले प्रहरीको समन्वयमा प्रदेशमा कम्तिमा दुईवटा कार्यान्वयन इकाई आवश्यकता रहेको उनको भनाइ छ ।

त्यस्तै, लुुम्बनी प्रदेशको नेपालगञ्जमा रहेका कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, कर्णाली प्रदेश संघीय प्रहरी इकाई कार्यालय र कर्णाली प्रदेश विशेष प्रहरी सुरक्षा गण कर्णाली प्रदेशमा स्थानान्तर गर्नका लागि आवश्यक ठा्ँउको खोजी गरी काम अघि बढाउन पहल गरिने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर