मधेश प्रदेश : आजै मन्त्रिपरिषद विस्तार गर्दै मुख्यमन्त्री यादव, यसरी टुङ्ग्याइयो भागवण्डा – Nepal Press

मधेश प्रदेश : आजै मन्त्रिपरिषद विस्तार गर्दै मुख्यमन्त्री यादव, यसरी टुङ्ग्याइयो भागवण्डा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

मन्त्रालय भागबण्डा टुंग्याएर मुख्यमन्त्री यादवले आजै मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । स्रोतका अनुसार मुख्यमन्त्री र अर्थमन्त्री बनाइसकेको जसपाले थप दुई मन्त्रालय लिएको छ ।

जसपाबाट सिंहासन साह कलवारलाई सामाजिक विकास र सुरीता साहलाई खानेपानी तथा उर्जा विकासमन्त्री बनाउन लागेको हो । यस्तै, फूलबाबु साह कलवारलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिने बुझिएको छ ।

यस्तै, एमालेबाट राजकुमार लेखी गृह तथा संचार मन्त्रालय पाउने भएका छन् । एमालेबाट शत्रुधन सिंह कोइरी पनि मन्त्री बन्ने बुझिएको छ ।

एमाले संसदीय दलका नेता सरोज कुमार यादवले यसअघि नै भौतिक पूर्वाधार विकासमन्त्री भइसकेका छन् ।

जनमत पार्टीले पनि थप एक मन्त्री र एक राज्यमन्त्री पाएको छ । जनमतका संसदीय दलका नेता महेश यादव शिक्षा, विज्ञान प्रविधी तथा बाणिज्य मन्त्रालय र संजय यादवलाई राज्यमन्त्री बनाउन बुझिएको छ ।

यसअघि जनमतका बसन्त कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनिसकेका छन् । जनमतले सामाजिक विकास मन्त्रालयमा दावी गरे पनि नपाउने निश्चित भएको छ ।

यता, नेकपा माओवादीलाई मात्र एक मन्त्री र एक राज्यमन्त्री दिइएको छ । माओवादी संसदीय दलका नेता भरत साहले उद्योग, पर्यटन तथा वन मन्त्री र सुनिता यादव राज्यमन्त्री बन्ने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर