अर्थ मन्त्रालयको सीसीटिभी फुटेज ३ महिनासम्म हेर्न मिल्ने – Nepal Press

अर्थ मन्त्रालयको सीसीटिभी फुटेज ३ महिनासम्म हेर्न मिल्ने

काठमाडौ । अर्थमन्त्रालयको सीसीटिभीमा कैद भएको दृश्य ३ महिनासम्म हेर्न मिल्ने बनाएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा गरेको कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै सीसीटिभी फुटेजको क्षमता ९० दिनको बनाएको बताएको हो ।

मन्त्रालयको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन मन्त्रालय परिसरमा जोडिएको सीसीटिभी क्यामेराको दृश्य सञ्चित क्षमता बढाएको जनाएको छ । चालु आर्थिक वर्षको बजेट ल्याउँदा तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सीसीटिभीको चर्चा भएको थियो ।

छानविनमा सीसीटिभी हेर्न खोज्दा दृश्य नै गायब बनाइएको थियो । यस्तै मन्त्रालयमा १० थान अग्नि नियन्त्रक राखिएको छ ।

भन्सार कार्यालयबाट जफल भएका ७ वटा चारपांग्रे र ७ वटा दुइपांग्रे गरी १४ वटा सवारी साधन विभिन्न सरकारी निकायलाई हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर