चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ : गोविन्द केसी (भिडिओ) – Nepal Press

चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ : गोविन्द केसी (भिडिओ)

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नेपाल चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार संघको निर्वाचन अन्तर्गत काठमाडौंको प्रज्ञा भवनमा मतदान गरेपछि केसीले संघ राजनीतिक नभई पेशागत संगठन भएकाले चिकित्सकको हकहितका लागि लड्नुपर्ने बताएका हुन् । संघमा कुनै पनि पार्टीको आदेश स्वीकार्य नहुने उनले बताए ।

डा. केसीले संघमा निर्वाचन हुनेले गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्नुपर्ने धारणा राखे । चिकित्सा क्षेत्रको समस्यामा लड्न नसके चिकित्सक संघ नाममात्रको हुने उनको भनाइ छ ।

उपत्यकामा संघको नयाँ कार्यसमितिका लागि शनिबारसम्म निर्वाचन हुनेछ । संघको अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुन लागेको हो । संघको विभिन्न १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर