‘मनसँग मन’मा पल र पूजाको केमियो, कलाकारको साथ नपाउँदा मेकर निराश – Nepal Press

‘मनसँग मन’मा पल र पूजाको केमियो, कलाकारको साथ नपाउँदा मेकर निराश

काठमाडौं । कैलाश राईले निर्देशन गरेको चलचित्र ‘मनसँग मन’ यही माघ २७ गतेबाट सम्पूर्ण हलहरुमा एकसाथ रिलिज हुँदैछ । केही दिनअघि मात्र ट्रेलर सार्वजनिक गरिएको यस चलचित्रमा नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटी मुख्य भूमिकामा देखिएका छन् ।

चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको पनि विशेष भूमिका रहेको छ । केमियोको रुपमा चलचित्रमा देखिएका पल र पूजाको विशेष उपस्थितिले दर्शकमा अझै कौतुहलता बढाएको छ ।

फिल्मको ट्रेलरमा नायक खड्का र नायिका सिवाकोटीको प्रेम सम्बन्धलाई आकर्षक तरिकाले ढालिएको छ । अरुण तामाङको लगानी रहेको फिल्ममा सौरभ लामाको छायांकन छ ।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको निर्माण पक्ष प्रचारमा दौडिरहेको छ । तर, कलाकारको साथ नपाउँदा भने यसका मेकर निराश देखिएका छन् । चलचित्र रिलिज मिति मुखमै आइसक्दा पनि कलाकारबाट सोचेजस्तो प्रतिक्रिया र साथ नपाएको निर्माण पक्षको गुनासो छ ।

माघमा रिलिज भएका चलचित्रहरुले सोचेजस्तो व्यापार नगरिरहेको समयमा यस चलचित्रको भविष्य के होला ? त्यो भने माघ २७ ले बताउनेछ।

शुक्रबारबाट जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर चलचित्र ‘ह्रयारीकी प्यारी’ रिलिज भएको छ । कमेडी र सोसल ड्रामामा आधारित रहेर बनेको चलचित्रलाई प्रसिद्ध चिकित्सक तथा गीतकार डा. भोला रिजालको फिल्म निर्माण कम्पनी बीआर प्रोडक्सनले निर्माण गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर