म सकुशल छु, सबै रिपोर्ट सामान्य: नेता भुसाल

२०७९ माघ २० गते १४:४३

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले सडक दुर्घटनाका कारण अस्पतालमा पुगेको र सबै रिपोर्ट सामान्य रहेको जनाएका छन् ।
गाडी चलाउँदै गर्दा अस्वस्थ्य भएपछि उनको गाडी बानेश्वरमा दुर्घटनामा परेको थियो । उनलाई उपचारको लागि सिभिल अस्पताल भर्ना गरिएको थियो ।
नेता भुसालले सामाजिक सन्जालमा स्टाटस लेख्दै आफू सकुशल रहेको र सबै रिपोर्ट सामान्य रहेको जानकारी दिए । उनले चासो र चिन्ता गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।
आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भुसाल बानेश्वर पुग्दा अचानक बेहोस भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर