कपिलवस्तुमा स्रोत नखुलेको २१ लाख भारतीय रुपैयाँसहित तीनजना पक्राउ – Nepal Press

कपिलवस्तुमा स्रोत नखुलेको २१ लाख भारतीय रुपैयाँसहित तीनजना पक्राउ

रुपन्देही । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २१ लाख सात हजार १०० भारतीय रुपैयाँसहित तीनजना पक्राउ परेका छन् । स्रोत नखुलेको भारतीय रुपैयाँ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका अधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार राति ९ बजे प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतको नेतृत्वमा खटिएका प्रहरी टोलीले कपिलवस्तु नगरपालिका-२ जमुवारपुलबाट भैरहवाको तौलिहवातर्फ आउँदै गरेको कार चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका-६ विमिहा बस्ने ३५ वर्षीय राजेशकुमार बर्मा, सोही स्थानका २६ वर्षीय राकेशकुमार बर्मा र गाडी चालक भारतको सिद्धार्थनगर ग्राम अनुपनगर नौगढ घर भई हाल मायादेवी गाउँपालिका-१ इमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान छन् ।

युपी ५५ ए एम ०४५९ नम्बरको गाडीमा फल्स बटम बनाई लुकाई राखेको स्रोत नखुलेको भारतीय रुपियाँसहित उनीहरुलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक बस्नेतले जनाएका छन् । स्रोत नखुलेको भारतीय रुपैयाँलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइने भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर