भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिवद्ध छ : राजदूत श्रीवास्तव (भिडिओ) – Nepal Press

भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिवद्ध छ : राजदूत श्रीवास्तव (भिडिओ)

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल-भारत मैंत्री युवा संघ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । राजदूत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले पनि भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्णरुपमा लागि परेको समेत स्पष्ट पारे ।

उनले जनकपुर-जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा थप विकास गर्न भारत सरकार लागि परेको बताए । राजदूत श्रीवास्तवले नेपाल-भारतबीचको सम्बन्ध जनस्तरमानै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्ने पनि बताए ।

उनले भने, ‘नेपाल र भारतबीच दुई देशको सम्बन्ध त छँदैछ । त्यो भन्दा पनि बढी जनस्तरको सम्बन्ध छ । भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो । मित्रताको साथमा विकास पनि भारतको जोड दिएको छ । किनकी नेपालको विकास भयो भने त्यसले भारतलाई पनि फाइदा हुने हो । यस कार्यमा भारतको सरकार पूर्णरुपमा चाहना हो ।’

राजदूत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा संचालित परियोजनाहरुमा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *