राष्ट्रिय टीमको प्रशिक्षणमा फर्किए सन्दीप (तस्बिरहरू / भिडिओ) – Nepal Press

राष्ट्रिय टीमको प्रशिक्षणमा फर्किए सन्दीप (तस्बिरहरू / भिडिओ)

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने करिब ५ महिनापछि बन्द प्रशिक्षणमा फर्किएका छन् । हिजोमात्रै २० सदस्यीय टोलीमा ज्वाइन भएका उनले आजबाट प्रशिक्षण थालेका हुन् ।

आउँदो महिना हुने त्रिकोणात्मक घरेलु एक दिवसीय सिरिजका लागि अहिले नेपाली टिम भारतीय प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षण गराइरहेका छन् । नेपाल क्रिकेट संघले देसाईलाई प्रमुख प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको छ । उनले हिजो सन्दीपलाई मैदानमा भेटेका थिए ।

प्रशिक्षकले समेत ग्रीन सिग्नल दिएपछि हिजै क्यानको छनोट समितिले सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाएको हो । त्यसअनुसार उनी हिजो नेपाली टीम बसेको होटलमा पुगेका थिए । टिमसँगै केही बेर उनी प्रशिक्षणका लागि मैदान पुगेका छन् ।

आजै सन्दीपलाई धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारले सर्वोच्चमा गरेको पुनरावेदनमाथि पेशी तोकिएको छ ।

   


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर