२०० मेगापिक्सेलको सामसुङ ग्यालेक्सी एस २३ सिरिज सार्वजनिक, के-के छन् विशेषता ? – Nepal Press

२०० मेगापिक्सेलको सामसुङ ग्यालेक्सी एस २३ सिरिज सार्वजनिक, के-के छन् विशेषता ?

काठमाडौं । सामसुङको बहुप्रतिक्षित सामसुङ ग्यालेक्सी एस २३ सिरिज सार्वजनिक भएको छ । सार्वजनिक सिरिजमा शक्तिशाली क्यामेरा साथै उत्कृष्ट गेमिङ फिचर पनि उप्लब्ध रहेको कम्पनीको भनाइ छ ।

सामसुङको नयाँ फ्ल्यागशिप ग्यालेक्सी २३ सिरिज अन्तरगत तीन वटा मोडेल सार्वजनिक भएको हो । जसमा आधारभुत मूल्यमा ग्यालेक्सी एस २३ , मध्यम मूल्यमा ग्यालेक्सी २३ प्लस र सिरिजको सबै भन्दा उच्च मूल्यमा एस २३ अल्ट्रा रहेको छ ।

कम्पनीको अनुसार एस २३ को बजार मूल्य ७ सय ९९ डलर , एस २३ प्लसको १ हजार डलर तथा एस २३ अल्ट्राको मूल्य १२ सय डलर तोकिएको छ । अन्तर्राष्टि«य बजार हाल सिरिजमा समावेश मोडेलको प्रि- बुकिङ सुरु भएको छ ।

के के छन् विशेषता ?

सामसुङको यस सिरिजको मुख्य विशेषताको रुपमा क्यामरा फिचर्समा रहेको बताइएको छ । कम्पनीका अनुसार ग्यालेक्सी एस २३ अल्ट्रामा २ सय मेगा पिक्सलको मुख्य क्यामरा रहेको छ ।

क्यामरामा रहेको एडाप्टिभ पिक्सल सेन्सरको कारण यस मोडेल मार्फत उत्कृष्ट लो लाईट फोटोग्राफी प्राप्त गर्न सकिन्छ । लोलाट फोटोग्राफीलाई थप प्रभावकारी बनाउन सामसुङले क्वालकोमसँग सहकार्य गरि आफ्नै चिप सेट प्रयोग गरेको पनि जनाएको छ । यस्तै गरी एस २३ अल्ट्रा मा रहेको एस्ट्रो हाइपरल्याप्स नामक फिचर प्रयोग गरेर ताराहरुको गति जस्तै केही निश्चिच समयको दृश्य खिच्न सकिनेछ ।

यसका लागि थप कुनै उपकरण प्रयोग गर्नु पर्दैन । सामसुङको यो सिरिज गेमिङको लागि पनि उपयुक्त मानिएको छ । सामसुङका नयाँ स्मार्टफोनमा गेमिङ क्षमता पनि उच्च रहेको छ ।

एस २३ अल्ट्रामा रहेको ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री, त्यस्तै एस २३ प्लसमा रहेको ४ हजार ७ सय र एस २३ मा ३ हजार ९ सय मिलिएम्पियर आवरको ब्याट्री तथा स्नायापड्रागनको ८ गेन २ प्रोसेसर कारण यो गेमिङ सेक्सनमा पनि प्रभावकारी बन्न सफल भएको हो ।

स्टोरेजको सन्र्दभमा कुरा गर्नुपर्दा सबैभन्दा महंगो मोडेलमा १२ गिगाबाइटको र्याम र १ टेराबाइटको मेमोरी उपलब्ध छ यस्तै दोश्रोमा १२ जिबीको र्याम र ५१२ जिबीको मेमोरी छ भने तेश्रोमा १२ जिबीको र्याम र २५६ जिबीको मेमोरी उपलब्ध छ ।

त्यस्तै ग्यालेक्सी एस २३ प्लसमा एउटा मोडेल ८ जिबीको र्याम र २५६ जिबीको मेमोरी तथा अर्को मोडेलमा ८ जिबी र्याम र ५१२ जिबी मेमोरी रहेको छ ।

आधारभूत ग्यालेक्सी एस २३ मा भने ८ जिबी र्याम र १२८ जिबी मेमोरी भएको सस्तो मोडेल तथा ८ जिबी र्याम र २५६ जिबी मेमोरी भएको महंगो मोडेल उपलब्ध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *