गण्डकीका कर्मचारीलाई ‘विवाह बिदा’ – Nepal Press

गण्डकीका कर्मचारीलाई ‘विवाह बिदा’

पोखरा । गण्डकी प्रदेशले कर्मचारीका लागि विवाह बिदा दिने भएको छ । यसअघि भइपरि आउने बिदा, बिरामी बिदा, किरिया बिदा र सुत्केरी बिदा पाउँदै आएकोमा प्रदेशले कर्मचारीका लागि विवाह बिदाको शीर्षक थप गरेको हो ।

गण्डकी सभाबाट बिहीबार स्वीकृत भएको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा विवाह बिदाको प्रावधान ल्याइएको छ । उक्त बिदा पाउनका लागि कुनकुन बिदा आवश्यक पर्छ भन्ने यकिन कार्यविधि वा कर्मचारी नियमावलीले गर्नेछ ।

अध्यादेशको दफा ११४ को उपदफा १ मा विवाहसहित ९ प्रकारका बिदाको व्यवस्था गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *